काठ्माण्डौं ।
संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधि सभाको आइतबार (आज)को बैठकमा सभामुख देवराज घिमिरेले सो विषयको बारेमा जानकारी दिएका हुन् ।
उनका अनुसार राष्ट्रपति भण्डारीले उक्त दिन संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने भएकी छन् । त्यस्तै प्रतिनिध सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीकोतर्फबाट खानेपानी मन्त्री अब्दुल खानले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश सदनसमक्ष पेस समेत गरेका छन् ।













