नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको भन्दै आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी आज निर्विरोध निर्वाचित भएकी हुन् । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको ४ वर्षे कार्यकल २०७८ मा नै सकिएको थियो ।

अर्याल २०७८ माघमा मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनले २०६९ मा नेकपा एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्