काठ्माण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको राजीनामापछि उनीहरुले सम्हालेको मन्त्रालयको कार्य भार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आज तोक्की छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले खाली भएका मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीलाई नै तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रास्वपाले आइतबार आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता बोलाएको थियो ।
फिर्ता बोलाईएका मन्त्रीहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका डोल प्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका शिशिर खनाल रहेका थिए । उनीहरुले आइतबार बेलुकी प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।