काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालकोटमा भएको भेटघाटको क्रममा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।
गत पौष १४ गते बसेको सत्ता साझेदार दलहरुको बैठकले एमाले अध्यक्ष ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । सोही उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज विहान ओली निवास बालकोट गएका हुन् ।
उक्त बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने भएको छ । राष्ट्रपति पदको निर्वाचन आगामी फाल्गुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत नभएको अवस्था छ ।
एमालेले राष्ट्रपति आफुले पाउनुपर्ने अडान राख्दै आएको छ भने कांग्रेसले समेत उक्त पदमा दाबी गरिरहेको अवस्था छ । यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटघाट गरेका हुन् ।