राष्ट्रपति भण्डारीको सवारीको क्रममा चिकित्सकलाई दुव्र्यवहार गर्ने प्रहरी कारबाहीमा
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकलाई दुव्र्यवहार गर्ने प्रहरी हवल्दार कारबाहीमा परेका छन् । प्रहरी वृत्त, जनसेवामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङ्गलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुुक्त रुपमा सम्बोधन गरेर फर्कने क्रममा उनको सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा ट्रमा सेन्टरका डा.जनिथलाल सिंह घाइते भएका थिए ।

उक्त घटनाको विरुद्धमा चिकित्सकहरु आन्दोलित भएका थिए । उनीहरुले घटनामा संलग्न प्रहरीले माफी माग्नुपर्ने र उनलाई कारबाही समेत गर्नुपर्ने भन्दै माग गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्