काठ्माण्डौं ।
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार दुई दिन चलेको यस पार्टीको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिएका छन् ।
यस्तै उपाध्यक्षमा प्रकाश चन्द्र परियार, मिलन पाण्डे, विमला अधिकारी, महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ्ग, समुन्द्र के.सी. र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मतमा नै चयन भएका छन् ।