काठ्माण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीको विषयमा प्रहरीले अनुसन्धान गर्न थालेको छ । उनी विरुद्ध सिन्धुलीका युवराज पौडेलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले यस विषयमा अनुसन्धान गर्न थालेको हो ।
माघ १७ गते लामिछानेविरुद्ध जाहेरी दिन जाँदा अदालतको आदेशको पूर्णपाठ नभएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन । पूर्व उप–प्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले खारेज भइसकेको नागरिकताको आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनविरुद्धको कसूर गरेको अभियोगमा पनि उनलाई कारबाही हुनपर्छ भन्दै पौडेलले माग गरेका छन् ।
शुरुवातमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलसम्म गएका थिए । त्यसैको केही दिनपछि नै प्रहरीले अनुसन्धान गर्न थालेको हो ।