काठ्माण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय वसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले आफुहरु तत्काल सरकारमा नजाने निर्णय भएको जानकारी दिएका छन् । उनले सत्तारुढ दलहरुले आफुहरुको पार्टीसँग गरेको सहमति र सम्झौता तोडिसकेपछि सरकारमा बस्नुको कुनै अर्थ नभएकोले उनले बताएका छन् ।
त्यस्तै आज बसेको रास्वपाको बैठकले पार्टीको केन्द्रिय समिति सदस्य २४ जनाबाट विस्तार गरि ४० सदस्य बनाएको जनाएका छन् । आजको बैठकबाट नयाँ केन्द्रिय समिति सदस्यका रुपमा १६ जना चयन भएका छन् ।