काठ्माण्डौं ।
ग्यास सिलिन्डर विस्फोटनमा परि घाइते भएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ । उनको किर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सांसद भण्डारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई त्यहाँबाट चिकित्सकहरुको सिफारिसमा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ ।
सांसद भण्डारीको बुद्धनगरस्थित आफ्नै निवासमा गएराति ग्यास विस्फोट हुँदा स्वयम उनी र उनको आमा हरिकला सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि राति नै किर्तिपुरको बर्न अस्पतालमा लगिएको थियो ।