सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास असफल भएसँगै अनेरास्ववियुको चुनाव हुने
  • प्रमुख खबर

काठ्माण्डौं

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वको लागि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास असफल भएसँगै अब चुनाव हुने भएको छ । विद्युतिय मेसिनको प्रयोग गरेर उक्त चुनाव सम्पन्न गर्ने तयारी भईरहेको छ ।

निर्वाचन कमिटिका अनुसार अध्यक्ष र महासचिवमा ५÷५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि आरसी लामिछाने, मोति वि.क., लोकेश निरौला, वाङछु योन्जन र समिक बडालको उम्मेदवारी परेको छ ।

त्यस्तै महासचिवका लागि सुदर्शन शिवाकोटी, कल्पना वाइबा, नरेश रोकाय, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष ओलीसँगै केही नेताहरुले नयाँ नेतृत्वको लागि चुनाव भन्दा पनि सर्वसम्मत रुपमा नै नेतृत्व चयन गर्ने प्रयास गर्न पहल गर्न आग्रह गरेका थिए । तर धेरैको आकंक्षा नेतृत्व तहमा नै पुग्ने देखिएपछि चुनाव हुने भएको हो । यस्तै उपाध्यक्षका लागि पनि १६ जना र सचिवका लागि १० ले उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्