काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यी दुई नेताबीच भेटवार्ता भएको हो ।
राष्ट्रपति निर्वाचनलाई लिएर दुई नेताहरुबीच भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । विशेषगरी नेकपा एमालेले राष्ट्रपति आफ्नो पार्टीबाट नै हुनुपर्ने अडान लिइरहेको छ भने यता प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएसँगै सत्ता गठबन्धनका दलहरु रुष्ट रहँदै आएका छन् ।