पोखरामा प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु
  • प्रमुख खबर

पोखरा ।

पोखरामा शनिबार देखी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको हिसानका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य सचिब रमेश कुमार सिलुवालले उद्घाटन गरे ।

उद्घाटन खेलमा कास्की मोडनाइसले माउण्ट अन्नपुर्ण मावीलाई १०–२ गोल अन्तरले हरायो । फागुन १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ४ जिल्लाका १३ टिमले सहभागीता जनाएका छन् ।

शनिबार भएको दोस्रो खेलमा जुनियर सिटिजन एकेडेमीले सृजना स्कुललाई ४–३ गोलले हरायो । पहिलो दिनको तेस्रो खेल चिल्डेन लाइफ बागलुङले बालविकास स्कुल नवलपुरलाई ८–२ गोल अन्तरले हरायो ।

अर्को खेलमा पोखराको सगरमाथा वि र गैडाकोट नमुना स्कुललाई ५–२ गोल अन्तरले हरायो । सगरमाथा ए, करुणनीधि फाउन्डेसन र द वल्ड क्यापिटलले बाइ पाएका छन् । दोस्रो दिन क्वाटर फाइनलका ४ खेल हुने प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

कास्कीबाट ८, बागलुङबाट २, नवलपुरबाट २ र गोरखाबाट १ गरि १३ टिमले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै हिसानका अध्यक्ष सिलुवालले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोगी हुने बताए । उनले खेलकुदको विकासका लागि प्रतियोगिताहरु सञ्चालन भइरहनु पर्ने बताए ।

कार्यक्रममा हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, हिसान गण्डकीका उपाध्यक्ष डा। रामजी शर्मा प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष संजय लिगल लगाएतले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्