माओवादी केन्द्रमा राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रपतिको लागि राष्ट्रिय सहमति खोज्ने निर्णय भएको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिएका छन् ।उनका अनुसार राष्ट्रपतिको लागि सम्भव भएसम्म राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई नै दिने बताएका छन् । त्यस्तै उपाध्यक्ष महराले फाल्गुन १२ गतेभित्र राष्ट्रिय सहमति हुनेमा आफहरु विश्वस्त रहेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्