काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बालुवाटार पुगेका छन् । यही फाल्गुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचनका लागि फाल्गुन १३ गते उम्मेदवारी दर्ता हुँदैछ ।
विभिन्न राजनीतिक दलहरु यतिबेला यसै विषमा छलफल गर्न दौडधुपमा रहेका छन् । कांग्रेस सभापति देउवाले बालुवाटार जानुअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित अन्य नेताहरुसँग आफ्नै निवासमा भेटघाट र छलफल गरेका थिए । यतिबेला कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफुले उठाउने उम्मेदवारका लागि सहमति जुटाउन प्रयास गरिरहेको छ ।