जसपाले बोलायो केन्द्रिय कार्यकारिणी समितिको बैठक
  • प्रमुख खबर

काठ्माण्डौं ।

जनता समाजवादी पार्टी (जसपा)ले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमाा छलफल गर्न केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारी स्थित पार्टी कार्यालमा आज साँझ ६ बजेको समयमा जसपाले बैठक बोलाएको हो ।

आज हुने उक्त बैठकमा बालुवाटारमा काँग्रेस, माओवादी केन्द्र, जसपा र समाजवादी गरि चार दलबीच भएको सहमतिको बारेमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य राज किशोर यादवले जानकारी दिएका छन् । उनका अनुसार जसपाले लगभग उप–राष्ट्रपति पाउने निश्चित भएको हुनाले त्यस विषयमा बैठकमा छलफल हुने बताएका छन् ।

भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारी दिने दिन रहेको छ, त्यसमा आफुहरुको पार्टीको के–कस्तो भूमिका हुनुपर्छ भन्ने लगायतका अन्य धेरै महत्वपूर्ण विषयमा पनि छलफल हुने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्