आठ दलबीच राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाउने सहमति
  • प्रमुख खबर

काठ्माण्डौं ।

भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारी दिने दिन रहेको छ, त्यसमा आफुहरुको पार्टीको के–कस्तो भूमिका हुनुपर्छ भन्ने लगायतका अन्य धेरै महत्वपूर्ण विषयमा पनि छलफल हुने उनले बताए ।

आठ दल मिलेर नेपाली कांग्रेसलाई राष्ट्रपतिमा सघाउने सहमति भएको छ । आज साँझ बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई सघाउने सहमति भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी सहभागी भएको सो बैठकबाट उक्त सहमति भएको एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भएपनि व्यक्तिको बारेमा निर्णय नभएको उनले बताएका छन् । शनिबार विहान नेपाली कांग्रेसको बैठक बसेर कसलाई राष्ट्रपति बनाउने भन्ने तय गर्ने स्रोतले जनाएको छ ।राष्ट्रपतिको लागि कांग्रेसबाट यतिबेला शेर बहादर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतको नाम चर्चामा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्