काठ्माण्डौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरु उप–प्रधान तथा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धुव्र बहादुर प्रधान, सहरी विकास मन्त्री विक्रम पाण्डे, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक बहादुर सिंहले राजीनामा दिएका हुन् । र्
उनीहरुले आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । राप्रपाको आज विहान बसेको केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै यस पार्टीबाट चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।
राप्रपाले प्रदेश सरकारमा दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । गएराति नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हो ।