एमालेद्धारा सरकारलाई दिएको समर्थन फाल्गुन २५ सम्म यथावत राख्ने निर्णय
  • प्रमुख खबर

काठ्माण्डौं ।

सरकारलाई दिएको समर्थन नेकपा एमालेले फाल्गुन २५ गतेसम्म यथावत राख्ने निर्णय गरेको छ । पार्टी सचिवालयको आज बसेको बैठकले फाल्गुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन समेत यथावत नै राख्ने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिएका छन् ।

उनका अनुसार पौष १० गते जुन सहमति भएको थियो त्यही सहमतिका आधारमा आफुहरुले अगाडी बढने निर्णयको बताएका छन् । विशेषगरी अहिले सरकार फाल्ने र नफाल्ने भन्ने विषयमा भन्दापनि राष्ट्रपतिको मात्रै विषय भएकाले पार्टीले फाल्गुन २५ गतेसम्म कुर्ने निर्णय भएको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्