राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गर्दै ओलीले लेखे माधव नेपाललाई पत्र
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र लेखेका छन् । ओलीद्धारा लेखिएको सो पत्रमा नेपालको संविधानको मर्म र भावना अनुरुप राष्ट्रपति पदको लागि सुवासचन्द्र नेम्वाङ अत्यन्त योग्य एंव उपयुक्त उम्मेदवार भएको उल्लेख गर्दै फाल्गुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न अनुरोध गरेका छन् ।

आज विहान बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यस्तै नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवार बनाएका नेम्वाङलाई निर्वाचित गराउन सबै दललाई पत्राचार गर्ने निर्णय समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्