नेपालद्धारा कुवेत २ सय ४३ रनले पराजित
  • प्रमुख खबर

काठ्माण्डौं ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपालद्धारा कुवेत २ सय ४३ रनले पराजित भएको छ । एसिया छनोट प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।

यूएईको मलेक क्रिकेट ग्राउन्डमा आज भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको थियो । तर कुवेत ३० ओभर ५ बलमा १ सय रनमा अलआउट भएको थियो ।

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २÷२ विवेट लिएका थिए । यस प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई गरी ६ टिमको सहभागिता रहेको छ ।

राउण्ड रोबिनका आधारमा भईरहेको यस प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ को विश्व कपका लागि छनोट हुनेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्