राष्ट्रपति निर्वाचनलाई लक्षित गरी ८ दलीय गठबन्धनले बनायो कार्यदल
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दल मिलि कार्यदल गठन गरेको छ । नेपाली कांग्रेसका सभापति पूर्ण बहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, जनमत पार्टीबाट अब्दुल खाँ, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्र बहादुर के.सी. रहेका छन् ।

राष्ट्रपति पदका लागि निर्वाचन यही फाल्गुन २५ गते हुँदैछ । सो निर्वाचनमा ८ दलको साझा उम्मेवार रामचन्द्र पौडेल रहेका छन् । गठबन्धनमा रहेका दलहरुको संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुको मत पौडेलको पक्षमा पार्न कार्यदल बनाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्