प्रधानमन्त्रीले रोके जेनेभा भ्रमणको अन्तिम तयारीमा रहेकी परराष्ट्र मन्त्री पौडेललाई
  • प्रमुख खबर

काठ्माण्डौं ।

जेनेभा भ्रमणको अन्तिम तयारीमा रहेकी परराष्ट्र मन्त्री विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन प्ररराष्ट्र मन्त्री पौडेल जेनेभा जाने तयारीमा रहेकी थिइन् ।

आज बेलुकी ६ बजे त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेकी उनलाई दिउँसो साँढे ३ बजेको समयमा प्रधानमन्त्री कार्यालयबाट खबर प्राप्त भएसँगै उनको भ्रमण स्थगित भएको हो ।

त्यस्तै मन्त्री पौडेल जेनेभाबाट कतारको दोहा जाने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम समेत तय भएको थियो । तर अब दोहोमा हुने उक्त कार्यक्रमको लागि भने प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्