काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन वटा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएसँगै रिक्त रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने भएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा रिक्त रहेको तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेकी छन् । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरेको छ ।
राप्रपाका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले हिजो शनिबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए । राजीनामा दिनेहरुमा उप–प्रधान तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री विक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुव बहादुर प्रधान रहेका छन् ।