काठ्माण्डौं ।
मन्त्रिपरिषद्को विस्तार राष्ट्रपतिको चुनावपछि मात्र हुने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री एंव सरकारकी प्रवक्ता रेखा शर्माले राष्ट्रपतिको चुनावपछि मात्र मन्त्रिपरिषद्को विस्तार हुने निर्णय भएको मंगलबार जानकारी दिएकी छन् ।
उनका अनुसार नयाँ गठबन्धन भएको र को–को सरकारमा सहभागी हुने भन्ने विषयमा छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएकी हुन् ।
त्यस्तै राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रवक्ता शर्माले बताएकी छन् । उनले दिएको जानकारी अनुसार निर्धारित समयभित्र नै प्रधानमन्त्रीले विश्वासको मत लिने समेत बताइन् ।