सस्तो मूल्यमा जग्गा भाडामा लगाएर भ्रष्टाचार गरेको मुद्दामा कांग्रेसका सांसद गुरुङ्ग दोषी ठहर
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपाली कांग्रेसका सांसद टेक बहादुर गुरुङ्ग भृकुटीमण्डप स्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्धय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङ्गलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।अख्यिार दुरुप्रयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङ्गसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएको समयमा बद्री प्रसाद न्यौपानेले भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठ्माण्डौं फनपार्कलाई दिने निर्णय भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्