एन्फाको संस्थापन र असन्तुष्ट पक्षबीच चर्को विवाद
  • प्रमुख खबर

काठ्माण्डौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा चर्को विवाद भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच चर्को विवाद हुदाँ एन्फा कार्यालयको टेबलको सिसा समेत फुटेको छ ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । तर अध्यक्ष पंकज विक्रम नेम्वाङले सो विषयलाई एजेण्डामा नराख्न निर्णय गरेका थिए । सोही विषयलाई लिएर चर्को विवाद भएको हो ।

उक्त कार्यसमितिको बैठकमा असन्टुष्ट पक्षको बैठकले अध्यक्ष अल्पमतमा परेको भन्दै बैठकको वैधानिकतामा नै प्रश्न उठाएका छन् । यता, संस्थापन पक्षले भने अध्यक्ष नेम्वाङसहित १० जनाको सहमति भएको भन्दै बैठक संचालन गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्