नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक नियुक्ति
  • प्रमुख खबर

काठ्माण्डौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्ति गरेको छ । एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अबलेर्टो एनासीलाई नियुक्ति गरेको हो ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि एन्फा मुख्य प्रशिक्षकको लागि दर्खास्त आव्हान गरेको थियो । एन्फाले आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिक रुपमै उपस्थित भएका एक मात्र मुख्य प्रशिक्षक एनासीलाई नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्