काठ्माण्डौं ।
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह “सी” को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । नेपाल फुटबल संघ (एनफा)ले सो कुराको जानकारी दिएको हो ।
समूह “सी” मा प्यालेस्टाइनले नाम फिर्ता लिएसँगै तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम मात्र सहभागीता हुने भएको छ । आगामी चैत्र २० देखि चैत्र २८ गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पहिलो चरणका छनोट खेलहरु संचालन हुने भएको हो ।
ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली रहेका छन् । सो टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक तयारी स्वरुप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।