राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलिय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रम
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आठ दलिय गठबन्धनले संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएका छन् । विहीबार दिउँसो १ बजे नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको र उनीहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम भएको स्रोतले जनाएको छ ।

सो अभिमुखीकरण कार्यक्रममा उनीहरुलाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । यअघि आठ दलिय गठबन्धको कार्यदलले फाल्गुन २४ गते राष्ट्रपतिको निर्वाचनको भन्दा ठिक १ दिन अघि संघ र प्रदेशका सबै सांसदहरुको बृहत भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरुले नै सम्बोधन गर्ने निर्णय समेत गरेका थिए ।

नेपाली कांग्रेसका उप–सभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्र बहादुर के.सी. रहेका छन् ।

राष्ट्रपतिको निर्वाचन यही फाल्गुन २५ गते हुँदै जसमा आठ दलिय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदवारी रहेको छ । त्यस्तै सोही पदको लागि उनको प्रतिस्पर्धामा नेकपा एमालेका उपाध्यक्ष र पूर्व सभामुख समेत रहेका सुवास नेम्वाङ रहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्