यूएईलाई ७ रनले हराउँदै नेपाल यू–१९ विश्व कप छनोटमा
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपाल यू–१९ विश्व कप छनोटमा पर्न सफल भएको छ । आईसीसी यू–१९ को एसिया छनोट अन्र्तगत आज भएको खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्व कपको छनोटमा पर्न सफल भएको हो । यस जितसँगै अब नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा सहभागी हुन पाउने भएको छ । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाएका थिए ।

 

यस्तै विशाल बिक्रम के.सी.ले ३८ र उत्तम रंगु थापा मगरले ३६ रन बनाएका थिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्