काठ्माण्डौं ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आम चुनावमा अन्तरघात भएको बारेमा छानबिन गरेको छ । उक्त अन्तरघातको बारेमा छानबिन गर्न पार्टीका कार्यकारिणि समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदलले स्थलगल अध्ययन गरेका छन् ।
अहिले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको संयोजक थापाले जानकारी दिएका छन् । उनका अनुसार आगामी हप्ता पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउने बताएका छन् । उनले आम चुनावमा अन्तरघात भएको र थुप्रै नेताहरु यसमा दोषी पाइएको बताए ।
छानबिनको काम अझै नसकिएकोले कति दोषी छन् भन्नेर अहिले नै संख्या र नाम भन्न नमिल्ने उनले जनाएका छन् । उनले दोेषी पाइएकाहरुलाई कारवाही स्वरुप पार्टीबाट नै निलम्बन तथा निष्काशन हुन सक्ने समेत बताएका छन् ।
सप्तरी–२ बाट अध्यक्ष उपेन्द्र यादव पराजित हुनुको मुख्य कारण पार्टीका कतिपय नेताहरुले नै अन्तरघात गरेको बुझिएको छ । यही विषयलाई लिएर छानबिन प्रतिवेदन कार्यान्वयनमा आउने सम्भावना रहेको स्रोतले जनाएको छ ।
२०७४ को चुनावको सन्र्दभलाई लिएर कार्यदलले ३९ जना नेतालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये ८ जनालाई पार्टीबाट निप्काशन र ३९ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो । तर त्यो प्रतिवेदन नै कार्यान्वयनमा नआएको समेत स्रोतले बताएको छ । स्रोतका अनुसार यसपटकको प्रतिवेदन भने कार्यान्वयनमा आउनेमा विश्वस्त रहेको जनाएको छ ।