भारतमा आयोजना हुने ह्विलचेयर क्रिकेटमा सहभागी हुने नेपाली टोलीको घोषणा
  • प्रमुख खबर

काठमाण्डौं ।

भारतको गुजरातमा हुने ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

छनोट भएका खेलाडीहरुमा हिमालय आर्यल ९कप्तान०, रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरत कार्की छन् ।

चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी हुने छन् । पहिलो राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्