काठ्माण्डौं ।
विश्व कप छनोटमा पर्न सफल नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । यूएईमा भएको विश्व कप छनोट प्रतियोगितामा सफलता हातपारि नेपाली टोली स्वदेश फर्किएको हो ।
स्वदेश फर्कदै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले प्रतियोगिताको दौरान नेपालले उत्कृष्ट फिल्डिङ र बलिङ गरेको कारण नै विश्व कपको लागि छनोट भएको जानकारी दिएका छन् ।
उनले सन् २०२४ मा हुने विश्व कपको लागि अझै धेरै समय बाँकी भएको बताउँदै त्यस बेलासम्म कडा मेहेनेतका साथ तयारी गर्ने र राम्रो नतिजा निकाल्ने कोसिसमा पूरै टिम लाग्ने पनि बताएका छन् । नेपाल सन् २०१६ पछि पहिलो पटक विश्व कपका लागि छनोट भएको हो ।
यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यूू–१९ विश्व कप खेलेको थियो । नेपालले आईसीसी यू–१९ विश्व कप छनोटको विहीबार सम्पन्न भएको खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै २०२४ मा श्रीलङ्कामा हुने विश्व कपको लागि छनोट भएको थियो ।