काठ्माण्डौं ।
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
विशेषगरी अहिले केहीबेरमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्ममा विभिन्न विकल्पमा छलफल हुने उनले बताएका छन् ।फाल्गुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको लागि नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट पूर्व सभामुख एंव एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवारका रुपमा रहेका छन् ।