विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनैपनि गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय
  • प्रमुख खबर

काठ्माण्डौं ।

विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीले गर्ने भएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनैपनि गतिविधिको विरोध र प्रतिवाद गर्ने पहिलो निर्णयमा भनिएको छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा ८ वटै पार्टी एकमत रहेका छन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ९आहुति०, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीलगायत सहभागी थिए ।

द्धन्द्धकालीन समयको घटनाको मुद्दा दर्ता गर्न प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतले आदेश दिएपछि नजिकिएका माओवादी नेताहरु सकेसम्म पार्टी एकता वा त्यो तत्काल सम्भव नभए कार्यगत एकता गर्नेबारेमा छलफल गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्