काठ्माण्डौं ।
फुटबलका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी उत्कृष्ट प्रशिक्षक चुनिन सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आज आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकका रुपमा चुनिएका हुन् ।
उक्त अवार्डका लागि उनीसँगै क्रिकेटका प्रशिक्षक अस्ट्रेलियन डेभ हवाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दिपक महर्जन र भलिबलका जगदीश भट्ट नोमिनेसनमा परेका थिए । तर उनीहरु सबैलाई पछि पार्दै सो अवार्ड फुटबलका प्रशिक्षक अलमुताइरले जित्न सफल भएका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्याएका थिए ।उनकै प्रशिक्षणमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो ।
यस्तै अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो ।अलमुताइरीले यस अवार्ड जितेतापनि अहिले उनी भने नेपाली फुटबल टिमको प्रशिक्षक छैनन् ।