काठ्माण्डौं ।
सिंहदबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको सत्तारुढ आठ दलको बैठकले सांसदहरुलाई काठ्माण्डौं आउन निर्देशन दिएको छ । बुधबार विहान ११ बजेसम्म सांसदहरुलाई काठ्माण्डौं आइपुग्न आज बसेको बैठकले निर्देशन दिएको हो ।
उक्त बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभाका सांसदहरुलाई बुधबार अर्थात भोलिसम्म काठ्माण्डौं आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार सो बैठकमार्फत शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको जनाएको छ । फाल्गुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचनको लागि सत्तारुढ आठ दलले सांसदहरुलाई काठ्माण्डौं बोलाएको हो ।















