भोलि हुने राष्ट्रपति चुनवामा राप्रपाले मतदान नगर्ने
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रपति चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान नगर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् ।

राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेश सभा सदस्य रहेका छन् । राष्ट्रपतिको चुनाव भोलि बिहीबार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलकातर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्