प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा प्रहरी नियन्त्रणमा
  • प्रमुख खबर

काठ्माण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध आज नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा आयोजित समारोहमा जाँदै गर्दा उनीविरुद्ध बानेश्वरमा नाराबाजी भएको हो ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरुले “मूल्य वृद्धि खारेज गर, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं” भन्दै नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्