गण्डकी प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हो ।

नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीका अनुसार केहीबेरमा आफुहरुले राजीनामा दिने बताएका छन् ।

उनले आज बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरिसकेको र अब कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा नेपाली कांग्रेससँग छलफ भइरहेको समेत जानकारी दिएका छन् । उनका अनुसार आफुहरुको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाउने बताएका छन् ।

माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । उनले विश्वासको मत नपाएमा पदमुक्त हुनेछन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्