पोखरा ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेपको आयोजनामा हुने केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति पुनः सरेको छ ।
राखेपले यो सहित तेश्रो पटक प्रतियोगितालाई सारेको हो । राखेपले २०७९ फागुनको अन्तिम साता सक्ने गरी पहिलो पटक मिति तय गरेको थियो भने दोश्रो पटक बैशाख ७ देखि ९ गतेसम्म हुने तय भएको थियो ।
प्राविधिक कारणले प्रतियोगिता बैशाख १५ देखि १७ गतेसम्मलाई सारिएको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिन शर्माले जनाएका छन् ।
तर यता राखेपले पटक–पटक मिति सार्दा प्रतियोगिताका लागि तयारी गरिरहेका प्रदेशस्तरिय प्रतियोगिताहरु समेत पटक पटक स्थगित भएका छन् भने जिल्ला–जिल्लाबाट छनौट भएका खेलाडीहरु समेत अन्योलमा परेका छन् । प्रतियोगिता अन्तर्गत ६ खेलहरु हुने यस अघि नै तय भइसकेको छ ।