ह्विलचेयर क्रिकेट प्रतियोगितामा नेपाल भारतसंग ४ विकेटले पराजित
  • प्रमुख खबर

काठ्माण्डौं ।

नेपाल पुरुष टोली ह्विलचेयर क्रिकेट प्रतियोगितामा सोमबार पराजित भएको छ ।नेपाल भारतसंग ४ विकेटले पराजित भएको टोली व्यवस्थापक कुमार पौडेलले जनाएका हुन् ।

भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेटायो ।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्