काठ्माण्डौं ।
साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १÷१ को बराबरी खेलेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियाममा मंगलबार भएको सो प्रतियोगितामा नेपालले बंगलादेशसँग बराबरीको खेल खेलेको हो ।
नेपालले चार खेलमध्ये एक मात्र खेल जित्दा दुई खेलमा हार बेहोरको थियो । चार खेलबाट ४ अंक जोड्दै नेपाल चौथों स्थानमा रहेको छ ।गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू(१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल यस पटक यू(१७ फर्म्याटमा आयोजना हुँदा उपाधि रक्षा गर्ने लक्ष्यसहित ढाका पुगेको थियो ।
तर भारत र रुससँग पराजित भएपछि नेपालको सपना अधुरै रह्यो ।राउण्ड रोविन लिगको आधारमा भइरहेको च्याम्पियनसिपको अन्तिम खेलमा मंगलबारै बेलुका रुस र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।