राखेपको आयोजनामा खेलकुद पूर्वाधार नीति संंवाद हुने
  • प्रमुख खबर

काठ्माण्डौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद पूर्वाधारबारे छलफल चलाउने भएको छ । यही चैत्र १८ गते शनिबार राखेपको आयोजनामा खेलकुद पूर्वाधार नीति संंवाद हुने भएको हो ।

मापदण्डसहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने, खेल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्ने, खेलकुद पूर्वाधारको वर्तमान अवस्था, पूर्वाधारका लागि लगानीको समेत् अवस्थाको विषयमा जानकारी दिने उद्देश्यले संवाद आयोजना गर्न लागिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

संघ, प्रदेश र स्थानिय तहमा कस्ता पूर्वाधार हुनु पर्ने भन्ने विषयमा आवश्यक मापदण्ड बनाउने, संघ, प्रदेश र स्थानिय तहमा हुनु पर्ने पूर्वाधारको विषयमा जानकारी लिन, खेलकुद पूर्वाधारमा राज्यको अवधारणा र प्रतिबद्धताका लागि, पूर्वाधार निर्माणमा लगानी बृद्धि गराउन, नीजि क्षेत्रलाई पनि खेलकुद पूर्वाधारमा उत्प्रेरित गर्ने, भौगोलिक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्नेलगायतका विषयमा संवाद केन्द्रीत रहने राखेपले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्