पोखराको न्यूरोडमा माइक्रो बसको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते
  • प्रमुख खबर

पोखरा ।

पोखराको न्यूरोडमा माइक्रो बसको ठक्करबाट ४८ वर्षीय स्कुटर चालक गम्भिर घाइते भएका छन् । शुक्रबार साँझ ४ः१० बजेको समयमा पोखराको चिप्लेढुंगास्थित बीपी चोकबाट सभागृहतर्फ जाँदै गरेको ग १ ज ४५४० नम्बरको माइक्रो बसले ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट पोखरा–८ का सुरज थकाली गम्भिर घाइते भएका छन् । घाइते थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिएका छन् । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्