पिफा बरीयतामा १ स्थान सुधार गर्दै नेपाल १ सय ७४ औँ स्थानमा
  • प्रमुख खबर

काठ्माण्डौं ।

विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० को बरीयतामा नेपाली राष्ट्रिय फुरुष फुटबल टोलीले १ स्थान सुधार गरेको छ । विहीबार फिफाले सार्वजनिक गरेको नयाँ बरीयतामा नेपालले १ स्थान सुधार गरेको हो । यसअघि १ सय ७५ औँ स्थानमा भएको नेपाल अहिले ९ सय ६३ अंकका साथ १ सय ७४ औँ स्थानमा छ ।

त्यस्तै पछिल्लो बरीयता अनुसार अर्जेन्टिना १ स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि अर्जेन्टिना दोस्रो स्थान थियो । दोस्रो स्थानमा कतार विश्व कपको उप–विजेता फ्रान्स उक्लिँदा ब्राजिल तेस्रो स्थानमा झरेको छ । यस्तै बेल्जियम, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, क्रोएसिया, इटाली, पोर्चुगल र स्पेन शीर्ष १० स्थानमा अटाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्