लुम्बिनी ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको लुम्बिनी पिस हाफ म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दिपक अधिकारी र महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाईले जितेका छन् ।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीबार आयोजित हाफ म्याराथन पुरुषतर्फ आर्मीका अधिकारीले १ घन्टा ६ मिनट २ सेकेन्डमा दौड पुरा गरी उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाख ५० हजार हात पारे ।
यता महिलातर्फ प्रहरीकी राजपुराले १ घन्टा २४ मिनेट २ सेकेन्डमा पुरा गरी महिलातर्फ उपाधि जितिन् उनले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गरिन् । “शान्ती र समृद्धिका लागि खेलकुद” भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्कीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गर्दै दोश्रो भए । उनले नगद ७५ हजार हात पारे ।
त्रिभुवन आर्मीका मुकेश पाल १ घन्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तृतीय हुँदा त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घन्टा ८ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल भए । उनीहरुले क्रमशः नगद ५० हजार ३० हजार प्राप्त गरे ।
पुरुषतर्फ नै पाँचौ, छैटौं, सातौं, आठौं, नवौं र दशौंस्थानमा क्रमश आर्मीका नरेन्द्र रावल, आर्मीकै मोहनदेव जोशी, एपिएफका राजेन्द्र तामाङ, आर्मीका जितेन्द्र दनुवार, आर्मीका प्रेम बहादुर बस्नेत र आर्मीका टंक कार्की भएका छन् ।
पाँचौ, छैटौं, र सातौंले क्रमश नगद ३० हजार, २० हजार, १० हजार, ७ हजार र अन्यले नगद ५–५ हजार संगै प्रमाणपत्र तथा मेडल प्राप्त गरेका छन् ।
यता महिलातर्फ एपीएफकी विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पूरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ट १ घन्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चौथो भइन् । उनीहरुले क्रमश नगद ७५ हजार र ५० हजार र ३० हजार हात पारे ।
यस्तै, महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपीएफका आशा रावल छैटौं भए । त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं, सुर्खेतकी विन्दु हमाल आठौं स्थानमा रहँदा त्रिभुवन आर्मीकी निर्मला पुन नवौं र शारदा शाही दशौं स्थान बनाउन सफल भए ।
पाँचौ, छैटौं, र सातौंले क्रमश नगद ३० हजार, २० हजार, १० हजार, ७ हजार र अन्यले नगद ५–५ हजार संगै प्रमाणपत्र तथा मेडल प्राप्त गरेका छन् ।
लुम्बिनीको मायाँ देवी परिसरबाट सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन एकेडेमीका संरक्षक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा दिप प्रज्वलित गरी गरेका थिए ।