काठ्माण्डौं ।
भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा नेपालले सफलता प्राप्त गरेको छ । हिमाञ्चलमा सम्पन्न एक्युरेसी इभेन्टमा नेपालले महत्वपूर्ण सफलता प्राप्त गरेको हो ।
चैत २६ गते सम्पन्न प्रतियोगितमा नेपालका अमन थापाले इन्डिभिजुअल एक्यूरेसीतर्फ पहिलो हुँदै नगद १६५० युरो प्राप्त गरेका छन् भने विशाल थापा दोश्रो हुँदै १०५० युरो हात पारे ।
यता महिला इन्डिभिजुअल एक्यूरेसीतर्फ रिता श्रेष्ठ दोश्रो भएकी छन् । उनले नगद ३०० युरो प्राप्त गरिन् ।यस्तै टिम इभेन्टतर्फ टिम नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विजय गौतम, विजय चौलागाई, विशाल थापा र सनिज थापाको टोली पहिलो हुन सफल भयो ।
उनीहरुले जनही ५०० युरो प्राप्त गर्दा नेपालकै एक अर्को इक्रो टिम नेपाल दोश्रो भएको छ । दोश्रो हुने उक्त टिममा युकेश गुरुङ, सुरेन गुरुङ, अन्जन कुवंर र अर्मन थापा रहेका थिए । उनीहरुले जनही नगद ३०० युरो हात पारे ।
नेपालको टिममा १८ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता खेलाडीहरु सम्मिलित रहेका थिए । जसमा विजय गौतम, विशाल थापा र युकेश गुरुङले सहभागिता जनाएका थिए ।उक्त प्रतियोगितामा ५ विभिन्न देशका १ सय ५ खेलाडीहरुको सहभागिता रहेको थियो ।
गत कार्तिकमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको दुर्घटना पश्चात खेलकुद गतिविधि गर्न नागरिक उड्ययन प्राधिकरण ९क्यान०ले रोक लगाए पनि अन्तर्राष्ट्रिय ऐरिनामा नेपालले आफ्नो झण्डा फहराएको छ । क्यानले व्यवसायिक उडान खुला गरे पनि विशेष गरी प्रतियोगिताका लागि आवश्यक सोलोतर्फका प्रशिक्षण गर्न स्थान नतोक्दा खेलाडीहरुले दुखेसो पोखेका छन् ।