काठ्माण्डौं ।
नेपाली टेनिसकी राष्ट्रिय खेलाडी अभिलाषा विष्ट डब्लुटीए २५ के टेनिस प्रतियोगिताको ‘मेन ड्र’ मा प्रवेश गरेकी छन् ।‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गर्दै प्रवेश गरेकी हुन् । यो प्रवेश संगै उनले पहिलो पटक मेन ड्र मा प्रवेश गर्ने नेपाली पहिलो खेलाडीको रुपमा आफ्नो नाम दर्ज गराएकी छन् ।
नेपाली टेनिसको इतिहासमा डब्लुटीए २५ के टेनिसको ‘मेन ड्र’ मा प्रवेश गरेको यो नै पहिलो अवसर रहेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।प्रतियोगिता बुरुन्डीमा सञ्चालन भइरहेको छ ।