धनगढीमा हुने फेन्सिङ प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव पौडेलद्धारा विदाई
  • प्रमुख खबर

काठ्माण्डौं ।

कैलालीको धनगढीमा आयोजना हुने ‘प्रथम मुख्यमन्त्री राष्ट्रिय कप फेन्सिङ प्रतियोगिता’मा सहभागिता जनाउने गण्डकी प्रदेशको टोलीलाई विदाई गरिएको छ ।

टोलीलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले विदाई गरेका हुन् । यहि चैत्र २९ र ३० गते आयोजना हुने प्रतियोगितामा महिला र पुरुषतर्फ १ सिनियर र ९ जना जुनियर गरी कुल १० खेलाडीले गण्डकीबाट सहभागिता जनाउने छन् । उनीहरुले जुनियर तथा सिनियर ई।पी तर्फको इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।

सहभागिता हुने सिनियर खेलाडीमा महिलातर्फ मेरिया पुन रहेकी छन् । त्यसै गरी जुनियर पुरुषतर्फ नवराज जंग कार्की, सचिन खत्री, कुमार मल्ल, समिर सुनार र श्रीष बास्तोला रहेका छन् ।

जुनियर महिलातर्फ कृषा सुनार, विनिता पुन मगर, सुनमायाँ घर्ती मगर, श्रृस्ता बास्तोला रहेको कास्की फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिएका छन् ।

टिमको प्रशिक्षकमा सन्दिप बराल र व्यवस्थापकमा चिजा गुरुङ तथा अभिभावकको रुपमा अमृता राई रहेकी छन् । कास्की फेन्सिङ संघका अध्यक्ष शाही समेत टोली संगै धनगढी

तपाईको प्रतिक्रिया दिनुहोस्